काठमाडौँ । कोशीमा सरकार निर्माणको क्रममा कांग्रेस दुई भागमा विभाजित भएपछि सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।
कांग्रेसका मुख्य सचिव कृष्ण पौडेलले कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक अपराहन्न ३ बजे सभापति देउवाको निवास धुम्बाराहीमा बस्ने जानकारी दिएका छन् । सो बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति हुने छ ।
बैठकमा कांग्रेसका नेता डा. शेखर कोइरालाले केदार कार्कीलाई एमालेको समर्थनमा अगाडी सारे पछि कांग्रेसमा विवाद बढेको छ ।