काठमाडौं । काठमाडौंको सुन्धारास्थित एक गेस्ट हाउसमा १७ वर्षीया युवती मृत भेटिएका छन् ।
ललितपुरको इमाडोलकी राउत थर गरेको युवती मृत फेला परेको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरीले विषको बट्टा पनि फेला पारेको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार राउत र उनका प्रेमी होटलमा बसिरहेकोमा तीन दिनअघि उनीहरुसँग भएको पैसा सकियो । पैसा लिएर आउँछु भन्दै प्रेमी बाहिर निस्किए । सोमबार बिहान गएर हेर्दा कोठामा मृत भेटिएको युवतीका प्रेमीले बयान दिएको प्रहरीले जनाएको छ ।
प्रहरीले शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाएको छ ।