इजरायलमा दश नेपाली मारिएको शोकमा मंगलबार सार्वजनिक विदा



काठमाडौं । हमासको आक्रमणमा इजरायलमा दश जना नेपालीको मृत्यु भएको शोकमा सरकारले मंगलबार सार्वजनकि विदा दिने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले मंगलबार सार्वजनिक विदा दिने निर्णय गरेको सरकारकी प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।


बैठकले हमासको आक्रमणमा परी ज्यान गुमाएकाको परिवारलाई १०–१० लाख राहत दिने निर्णय गरेको पनि मन्त्री शर्माले बताइन् । उनका अनुसार सरकारले इजरायलमा द्वन्द्वग्रस्त ठाउँमा रहेका नेपाल फर्किन चाहने नेपालीलाई यथाशीघ्र ल्याउन काम गर्ने निर्णय गरेको छ ।