काठमाडौँ । प्यालेस्टाइनी लडाकु समूहको आक्रमणमा परी इजरायलमा ९ जना नेपाली घाइते भएका छन् । घाइते हुनेमा नेपाली विद्यार्थीहरू रहेको तेल अभिभस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।
घाइते हुनेहरूको विवरण संकलन गर्ने काम भइरहेको दूतावासले जनाएको छ । दक्षिणी इजरायलको अलुमिन किबुजस्थित एक कृषि फार्ममा कार्यरत उनीहरू घाइते भएका हुन् ।
भारतीय समाचार एजेन्सी एनआईले १७ जनालाई बन्धक बनाएको उल्लेख गरेको छ । उसले सामाजिक सञ्जालमार्फत् हमासले १७ जनालाई बन्धक बनाएको जानकारी दिएको हो ।
शनिबार बिहानदेखि हमासले रकेट आक्रमण गर्दा हालसम्म ४० जनाको मृत्यु भएको छ भने ७४० जना घाइते रहेको बीबीसीले जनाएको छ ।