आममाफीको जस अपजसको भागी सरकार नै हुनुपर्छ : राष्ट्रपति



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसका दिन कैदी बन्दीलाई दिइएको आममाफीको जस अपजसको भागी सरकार नै हुने बताएका छन् ।

संविधान दिवसका अवसरमा विभिन्न कसुरमा सजाए काटीरहेका कैदी बन्दीलाई आममाफी दिएको विषयमा ध्यानाकर्षण गराउन पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितको प्रतिनिधिमण्डलसँगे कुराकानीका क्रममा राष्ट्रपति पौडेलले सो कुरा बताएका हुन् ।


राष्ट्रपति पौडेलले संसदीय व्यवस्थाको मान्यताअनुसार मन्त्रिपरिषदले गरेको निर्णयको जस अपसजको भागी सरकार नै हुने भएकोले सरकारलाई नै प्रश्न गर्न प्रतिनिधिमण्डललाई आग्रह गरे । उनले संविधानले राष्ट्रपतिलाई विवेक प्रयोग गर्न दिएको ठाउँमा आफूले प्रश्न उठाएर ३४ जनाको आममाफीका लागि गृहमन्त्रालयबाट आएको पत्र फिर्ता गराएको स्मरण पनि गराए ।

सरकारले सबै प्रक्रिया पुरा गरेर मन्त्रिपरिषदबाट पास गरी ल्याएको विषयलाई राष्ट्रपतिले इन्कार गर्न नसक्ने संवैधानिक व्यवस्था रहेको समेत उनले स्पष्ट पारे