माओवादी केन्द्रले अर्को चुनावमा एक्लै लड्ने



काठमाडौँ । नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनमा एक्लै लड्ने गरी तयारी गरिरहेको जनाएको छ ।

आइतबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा माओवादी प्रवक्ता अग्नि सापकोटाले आगामी निर्वाचनमा माओवादीले कसैसँग गठबन्धन नगरी एक्लै चुनाव लड्नेगरी तीन महिने अभियान सञ्चालन गरिरहेको बताएका हुन् ।


उनले समानुपातीकतर्फ आएको मत कम भएको अवस्थामा अभियानका क्रममा दोब्बरभन्दा बढाउने विश्वास पैदा भएको बताए । सापकोटाले अभियानकै क्रममा विधान सम्मेलनमा विधि विधान र पद्धतीलगायतमा बहस गर्ने र त्यसपछि विशेष महाविधेशन आयोजना गर्ने जानकारी दिए । माओवादीको सुदृढीकरण अभियान पनि सफल हुँदै भन्दै उनले पार्टीमा पनि आकर्षण बढेको जिकिर गरे ।

सापकोटाले माओवादी नेतृत्वको सरकार मुलुकमा देखिएका समस्या समाधान गर्दै अघि बढेको बताए । सरकारले मुलुक र जनतालाई केन्द्रमा राखेर काम गरिरहेको उनको भनाइ छ ।

प्रवक्ता शर्माले प्रधानमन्त्रीको चीन भ्रमणपछि नयाँ स्तरमा सम्बन्ध अघि बढेको जिकिर गरे ।