काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना प्रतिनिधिसभाको महिला सांसद र प्रदेशसभाको सदस्यलाई सम्मान गरेको छ ।
पार्टीको सङ्घीय परिषद् अध्यक्ष एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले समाजवादी महिला सङ्घ नेपाल केन्द्रीय समितिद्वारा आयोजित कार्यक्रममा उनीहरुलाई सम्मान गरेका हुन् ।
पार्टीको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले दिएको जानकारी अनुसार यसरी सम्मानित हुनेमा सांसद सुशीला श्रेष्ठ, रेखा यादव, रञ्जुकुमारी ठाकुर, र मञ्जु शर्मा अन्सारी हुनुहुन्छ । यसैगरी राष्ट्रियसभाका सांसद प्रमिला यादव तथा प्रदेशसभाका सदस्य निर्मला तावा, सुरिताकुमारी साह, किरणकुमारी साह, शोभा देवी, ललिता दास, साहिदा खातुन, ममतादेवी मण्डल, अम्बिका काफ्लेसहित १३ सांसदलाई रहेका छन् ।