स्वदेश फर्किए प्रधानसेनापति शर्मा



काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा स्वदेश फर्किएका छन् । 

भारतको दिल्लीमा भएको १३औँ इन्डो प्यासिफिक आर्मी चिफ कन्फरेन्समा भाग लिएर बिहीबार नेपाल फर्किएको नेपाली सेनाले जानकारी दिएको हो ।


उनी गत असोज ७ गते त्यसतर्फ प्रस्थान गरेका थिए । उक्त कन्फरेन्समा ३० देशका सैनिक कमाण्डर तथा सैनिक अधिकारीहरूको सहभागिता थियो । 

नयाँ दिल्लीमा रहँदा प्रधान सेनापतिले अष्ट्रेलिया, बंगलादेश, जापान, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायत र भारतका समकक्षीहरूका साथै भारतका चिफ अफ डिफेन्स स्टाफसँग बेग्लाबेग्लै भेटघाट गरेका थिए । 

भेटघाटमा मानवीय सुरक्षा लगायतका साझा चासोका विषयहरूमा अनुभवको आदानप्रदान गरिएको नेपाली सेनाले जनाएको छ ।