अभियन्ता ईः र काठमाडौं महानगरपालिकाबीच वार्ता



काठमाडौं । अभियन्ता ईः र काठमाडौं महानगरपालिकाबीच वार्ता सुरु भएको छ । राष्ट्रिय सभागृहबाहिर ८ दिनदेखि उभिइरहेका अभियन्ता ईः र महानगरपालिकाको टोलीबीच वार्ता सुरु भएको हो ।

काठमाडौं महानगरपालिकाले प्रवक्ता नवीन मानन्धरको नेतृत्वमा वार्ता टोली बनाएको छ भने आन्दोलनरत पक्षबाट अभियन्ता ईःसहितको टोली वार्तामा छन् । वार्तामा मेयर बालेन शाह भने नबस्ने बताइएको छ ।


फुटपाथ व्यवसायीको उचित व्यवस्थापन हुनुपर्नेलगायतका माग राखेर ईःसहितका अभियन्ता काठमाडौं महानगरपालिकाको कार्यालय राष्ट्रिय सभागृह बाहिर उभिइरहेका छन् ।

यसअघि काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले ईःलाई भेटेर वार्ताका लागि सहजीकरण गर्ने बताएका थिए ।