काठमाडौँ । अन्दोलनरत शिक्षकहरुले काठमाडौँका सडकपेटीका बोटबिरुवामा नोक्सान गरेपछि काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन) ले महाकवि लक्ष्मिप्रसाद देवकोटाको कविता स्मरण गर्दै व्यंग्य गरेका छन् ।
शिक्षा विधेयकको विरुद्धमा शिक्षकहरुको काठमाडौँ केन्द्रीत आन्दोलनका क्रममा शिक्षकहरुले माइतीघर देखि बानेश्वरसम्मका सडकका पेटीमा रहेका हरियाली संरचनामा क्षति पुर्याएका छन् ।
बालेनले क्षति पुगेको हरियाली घाससहितको तस्बीरसहित महाकवि देवकोटाको कविता उदृत गर्दै व्यंग्य गरेका छन् ।
बालेनले बोट बिरुवा माडिएको फोटो राखेर लेखेका छन् :
नटिप्नु हेर कोपिला
नचुँड्नु पाप लाग्दछ
नच्यात्नु फुल नानी हो
दया र धर्म भाग्दछ
महाकबि लक्ष्मीप्रसाद देबकोटा
सामाजिक सञ्जालमा बालबालिकालाई पढाउने शिक्षकहरुको आन्दोलनका कारण सो क्षेत्र फोहोर भएको र बोटविरुवामा क्षतिपुगेको भन्दै आलोचना समेत भएको छ ।