सुन तस्करी प्रकरण: ५ जना प्रतिवादीको बयान सकियो



काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणका पाँच जना प्रतिवादीको बयान सकिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधव प्रसाद मैनालीको इजलासमा पाँच जना प्रतिवादीको बयान सकिएको हो ।

चिनियाँ नागरिक याओ पुचेङ्ग, लि वेन सुङ्ग, ली नेङकाई, हर्कराज राई र भन्सार एजेन्ट रुकमिना सुब्बाको बयान सकिएको जिल्ला अदालत काठमाडौँका श्रेस्तेदार कोशलेश्वर ज्ञवालीले जानकारी दिए ।


सुन प्रकरणमा जम्मा २९ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको छ । जसमा २६ जना पक्राउ परिसकेका छन् भने ३ जना फरार प्रतिवादीको सूचीमा रहेका छन् ।