झापा । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेबाहेक देशमा कुनै वामपन्थी दल नभएको दावी गर्नुभएको छ ।
नेकपा एमाले झापाले आज बिर्तामोडमा आयोजना गरेको १० औं महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई बधाई तथा सम्मान कार्यक्रममा उनले वामपन्थी सरकार ढालेर कांग्रेसको नेतृत्वमा सरकार बनाउने वामपन्थी हुन नसक्ने दाबी गरेका हुन् । अध्यक्ष ओलीले देश बनाउने नीति एमालेबाहेक अरु कसैसँग नभएको उल्लेख गर्दै एमालेले आफूलाई नै चिन्न आवश्यक भएको बताए । उनले अनेकौँ समस्याको सामना गरेर नेकपा एमालेले देश विकासको अभियानलाई उचाइमा पु¥याएको दाबी पनि गरे ।
चितवनमा सम्पन्न पार्टीको दशौँ महाधिवेशनबाट अध्यक्ष ओलीसहित जिल्लाबाट केन्द्रीय समितिमा निर्वाचित सदस्य, जिल्लाका विभिन्न कमिटीमा निर्वाचित १४६ लाई सो अवसरमा नेकपा एमाले झापाको तर्फबाट सम्मान गरिएको थियो । पार्टी अध्यक्ष ओलीलाई एमाले झापाका तर्फबाट अभिनन्दनसमेत गरिएको थियो ।