काठमाडौं महानगरपालिकाले टिपटपलाई तिरायो २ लाख रुपैयाँ जरिवाना



काठमाडौं । काठमाडौं महानगरपालिकाले मिठाई पसल टिपटपलाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ ।

सोमबार महानगरले काठमाडौं महानगरपालिका–१६ ठँहितिस्थित टिपटप मिठाई पसललाई कारबाही गरेको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए । उनका अनुसार उक्त मिठाई पसलले अखाद्यान्न मिठाई बेचेको गुनासो आएको थियो ।


अनुगमनका क्रममा जाँच गर्दा खान योग्य नभएका मिठाई बेचेको भेटिएको थियो । महानगरले अबदेखि मिठाई बनाउँदा सरसफाइमा ध्यान दिन र खान योग्य नभएका मिठाई नबेच्न समेत सचेत गराएको छ ।