कांग्रेस प्रदेश नं २ को सभापतिमा कृष्ण यादव निर्वाचित



जनकपुर । नेपाली कांग्रेस प्रदेश नं २ को सभापतिमा कृष्ण यादव निर्वाचित भएका छन् । आज बिहान सम्पन्न सभापति पदको मतगणनाअनुसार उनी ९९६ मत प्राप्त गरी प्रदेश सभापतिमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी रामसरोज यादवले ८५५ मत मात्र प्राप्त गरेकाे निर्वाचन समितिले जनाएको छ ।

सभापति पदमा खसेको मतमध्ये ३० मत बदर भएको जनाइएको छ । प्रदेश सभापतिमा निर्वाचित कृष्ण नेपाली कांग्रेस रौतहटका सभापति हुन् भने रामसरोज कांग्रेस प्रदेश नं २ संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकासमन्त्री हुन् । उपसभापतिलगायत अन्य पदको मतगणना भइरहेको र आज साँझसम्म अधिकांश पदको मतगणना सकिने निर्वाचन समिति संयोजक प्रह्लाद गौतमले जानकारी दिए ।


सतसठ्ठी पदका लागि बिहीबार बिहान १० बजेदेखि राति ८ बजेसम्म भएको मतदानमा कूल एक हजार ९५१ मतदातामध्ये एक हजार ८८१ मत खसेको थियो ।