साहित्यकार राजेन्द्र पराजुलीको निधन



काठमाडौं । साहित्यकार तथा पत्रकार राजेन्द्र पराजुलीको निधन भएको छ । निमोनिया देखिएपछि अस्पताल भर्ना भएका पराजुलीको उपचारकै क्रममा मंगलबार बिहान निधन भएको पारिवारले जानकारी दिएको छ ।

साहित्यमा विशेष रुची राख्ने पराजुलीका दर्जनौं कथा त्यतिकै कृति पनि प्रकाशित छन् ।


पराजुलीका शुक्रराज शास्त्रीको चस्मा (कथा), अघोरी (कथा), कोटेश्वरको केटो, भ्रष्ट समवेदना (कविता कृति), अनायिका (उपन्यास), सपनामा माक्र्स (कथा), जाडोमा भोक, विकल्प यात्रा (कथा) प्रकाशित छन् ।

पराजुलीको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने भएको छ ।