गृह मन्त्रालयका १० सहसचिवको सरूवा, कसको कहाँ सरुवा ?



काठमाडौं । अध्यागमन विभागको महानिर्देशकमा सहसचिव रुद्रसिंह तामाङको सरुवा गरिरएको छ । गृह मन्त्रालयले अध्यागमन विभागका यसअघिका महानिर्देशक झलकराम अधिकारीको मन्त्रालयमा सरुवा गर्दै तामाङलाई विभागमा पठाएको हो ।

तामाङ राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत थिए । उनको ठाउँमा गृह मन्त्रालयमा कार्यरत सहसचिव जयनारायण आचार्यलाई लगिएको छ । त्यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको प्रमुख अध्यागमन अधिकृत सहसचिव रामबन्धु सुवेदीको पनि सरुवा भएको छ ।


सुवेदीलाई दाङको प्रमुख जिल्ला अधिकारी बनाइएको छ । दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाललाई सरुवा गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको प्रमुख अध्यागमन अधिकृतमा सरुवा गरिएको छ ।

त्यस्तै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई गृहले मन्त्रालय वा अन्तर्गत ल्याएको छ भने गृह मन्त्रालयका सहसचिव गणेश अर्याललाई रुपन्देहीको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ ।

त्यस्तै, मन्त्रालयमा सहसचिव शिवराम गेलाललाई महोत्तरीको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ । महोत्तरीका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीलाई गृह मन्त्रालयमा ल्याइएको छ ।

त्यस्तै, भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई गृह मन्त्रालयमा सरुवा गरी बागलुङका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठलाई भक्तपुरको प्रमुख जिल्ला अधिकारी बनाइएको छ ।