मैत्रीपूर्ण खेलमा आज नेपाल र म्यान्मार भिड्दै



काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमले आज मैत्रीपूर्ण फुटबल अन्तर्गतको दोस्रो खेलमा म्यान्मारको सामना गर्दै छ ।

म्यान्मारको याङ्गुनस्थित थुवुन्ना स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न ४:१५ बजेदेखि शुरु हुने छ ।


दुई मैत्रीपूर्ण खेल अन्तर्गत यसअघि शुक्रबार सम्पन्न भएको खेलमा नेपाल र म्यान्मारबीचको खेल गोलरहित बराबरीमा सकिएको थियो ।

म्यान्मार विरुद्ध खेल्ने नेपाली टिम: 

गोलकिपरः किरणकुमार लिम्बु, दीप कार्की, अभिषेक बराल ।

डिफेन्डरः सनिश श्रेष्ठ, अनन्त तामाङ, आशिष गुरुङ, रोहित चन्द, अञ्जन राई, छिरिङ लामा ।

मिडफिल्डरः अरिक विष्ट, सुदीप गुरुङ, लकेन लिम्बु, आवास लामिछाने, उत्सव राई, कृतिश रत्न छिन्जु ।

फरवार्डः आयुष घलान, नवयुग श्रेष्ठ, अन्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, गिलेस्पे जंग कार्की, दिनेश हेन्जन, हिसुब थपलिया ।