ललिता निवास प्रकरण : मीनबहादुर गुरुङलाई २ करोड ४६ लाख धरौटीमा छाड्न आदेश



काठमाडौं । ललितानिवासको जग्गा हिनामिना प्रकरणमा भाटभटेनी सुपर मार्केटका सन्चालक मीनबहादुर गुरुङसँग २ करोड ४६ लाख रुपैयाँ धरौटी मागिएको छ ।

आइतबार न्यायधीश भोलानाथ ढकालको एकल इजलासले उक्त थुनछेक आदेश गरेको हो । यस प्रकरणका १८ जना प्रतिवादीको थुनछेक बहस सकिएसँगै जिल्ला अदालत काठमाडौंले यस्तो आदेश गरेको हो । एक जनालाई साधारण तारेख र १७ जनासँग धरौटीमा मागिएको छ ।