बर्दियाको ठाकुरबाबा नगरपालिकामा आज शोक बिदा



बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिकाले आज शोक बिदा दिएको छ । भ्रमणबाट फर्किँदै गरेको शुक्रबार राती बाँकेको शमशेरगञ्ज नजिक दुर्घटना हुँदा ठाकुरबाबा नगरपालिकाका ६ जनासहित ७ जनाको ज्यान गएको शोकमा नगरपालिकाले आज शोक बिदा दिएको हो ।

बस दुर्घटनामा ठाकुरबाबा नगरपालिकाको ९ नम्बर वडाका ५ र ७ नम्बर वडाका १ जनासहित ७ जनाको ज्यान गएको थियो ।


ठाकुरबाबा नगरपालिका–९ को बेतहनी सामुदायिक वन उपभोक्ता समूहको टोली चढेको बस दाङ भ्रमणबाट फर्किँदै गर्दा बाँकेको शमशेरगञ्ज नजिक दुर्घटना भएको थियो ।