स्रोत नखुलेको साढे २० लाख रुपैयाँसहित जनकपुरबाट भारतीय नागरिक पक्राउ



जनकपुरधाम । प्रहरीले धनुषामा स्रोत नखुलेको २० लाख ५० हजार रूपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।

भारतको बिहारका २० वर्षीय राजेश साहलाई शुक्रबार दिउँसो प्रहरीले नेपाली रूपैयाँ एक हजार दरको नोट १ हजार ८५० थान र पाँच सय दरको नोट ४ सय थान गरी २० लाख ५० हजार रूपैयाँसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।


भारतबाट नेपाली रूपैयाँ ओसारपसार गरी ल्याइरहेको सूचनाका आधारमा जनकपुरधाम उपमहानगरपालिका ४ स्थित सडकबाट उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । बरामद गरिएको रकमसहित उनलाई भन्सार कार्यालय जनकपुरमा पठाइएको प्रहरीले जनाएको छ।