भारतविरुद्ध नेपालको १५० रन पूरा



काठमाडौँ । एसिया कप क्रिकेटमा भारतविरुद्ध जारी खेलमा नेपालको १५० रन पूरा भएको छ ।

श्रीलङ्काको पालेकेले इन्टरनेसल क्रिकेट रङ्गशालामा अहिले भइरहेको खेलमा ३३ ओभर ४ बलमा सोमपाल कामीले दुई रन लिँदै नेपालका लागि १५० रन पूरा गरेका हुन् ।


१५० रन पूरा गर्दासम्म नेपालले ६ विकेट गुमाइसकेको छ ।