सुन तस्करी प्रकरणमा थप एकजना पक्राउ



काठमाडौँ । सुन तस्करी प्रकरणमा प्रहरीले थप एकजनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले सुन तस्करी प्रकरणमा जोडिएका रुपन्देही घर भइ टोखामा बस्ने सुमन खरेललाई पक्राउ गरेको हो । उनको काठमाडौं र वीरगञ्जका व्यापारीहरुसँग सम्पर्क देखिएको छ ।


सुन तस्करीको कनेक्सन खोज्न सीआईबीको एउटा टोली भारत र अर्को टोली हङकङ गएको छ । विमानस्थलमा बरामद भएको ब्रेक सुमा बनाएर तस्करी गरिएको सुन प्रकरणमा हालसम्म २७ जना पक्राउ परिसकेका छन् ।