आईसीसी महिला टी-२० : नेपालले कतारसँग खेल्दै



काठमाडौं । मलेसियामा जारी आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले आज कतारसँग खेल्दैछ। खेल नेपाली समय अनुसार विहान सवा ७ बजे को मलेसियाको बांगीमा सुरु हुनेछ।

आजको खेल जिते नेपालले सेमिफाइनलमा स्थान बनाउने छ । लगातार तेस्रो जित निकालेको नेपालले ६ अंक रहेको छ भने कतार तिनै खेलमा पराजित भएको छ। उसले अहिलेसम्म अंक जोड्न सकेको छैन्। आइतबार भएको भएको खेलमा नेपालले भुटानलाई ३ विकेटले पराजित गर्दै लगातार तेस्रो जित हात पारेको थियो।


नेपालले पहिलो खेलमा मलेसियालाई ५ रन र दोस्रो खेलमा बहराइनलाई १० विकेटले हराएको थियो। नेपालले अर्को खेलमा बुधबार यूएईसँग खेल्ने छ। युएई अंक तालिकाको शीर्ष स्थानमा छ भने नेपाल दोस्रो स्थानमा छ।

११ टोली सम्मिलित प्रतियोतिमा नेपालको समूहमा ६ टोली रहेका छन्। समूह ए को शीर्ष दुई मात्र सेमिफाइनलमा पुग्नेछन्। नेपाल सेमिफाइनलमा पुगेको खण्डमा समूह बी का हङकङ, थाइल्याण्ड र कुवेतमध्ये एकसँग खेल्ने संभावना हुनसक्छ।

समूह बी मा ३ खेलबाट ६ अंक बटुलेको हङकङ शीर्षस्थानमा छ। थाइल्यान्डको २ खेलबाट ४ अंक जोडेको छ। कुवेतले पनि एक खेल जित्दै २ अंक पाएको छ।