विनोद चौधरी कांग्रेस केन्द्रीय सदस्यमा विजयी



काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा मधेसी कोटाबाट विनोद चौधरीसहित ५ जना निर्वाचित भएका छन् ।

चौधरी २२०६ मत प्राप्त गरी विजयी भएका हुन् । यस्तै अजय चौरसिया २५२२, चन्द्रमोहन यादव २१३८, महेन्द्रकुमार राय १९८४ र दिनेशकुमार यादव १९५९ मत ल्याएर विजयी भएका छन् ।