प्रधानमन्त्रीको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा सिंहदरबार सर्वदलीय बैठक बसिरहेको छ । संसदको गतिरोध अन्त्य गर्ने विषयमा छलफल गर्न अहिले पौने ९ बजेदेखि प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको हो ।

बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तथा दलका सचेतकहरु सहभागी छन् ।


यसअघि आइतबार बसेको बैठकमा भने ओली सहभागी थिएनन् । जसका कारण आइतबारको बैठकमा संसद गतिरोध हटाउने विषयमा गभ्मीर छलफल भए सहमति जुटेको थिएन । सुन तस्करी प्रकरणमा नेकपा एमालेले उच्चस्तरीय छानविन समिति माग गर्दै साउन १० गतेदेखि निरन्तर संसद अवरोध गर्दै आएको छ।