विश्वम्भरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीश पदका लागि अनुमोदित



काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिबाट प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठको नाम सर्वसम्मत अनुमोदन भएको छ ।

सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले श्रेष्ठको नाम प्रधानन्यायाधीशमा सर्वसम्मत अनुमोदन गरेको हो ।


समितिमा श्रेष्ठविरुद्धका उजुरीकर्तासँगको छलफलपछि श्रेष्ठको सुनुवाइ सुरु गरिएको थियो । समितिमा श्रेष्ठले कार्ययोजना पेस गरेका थिए ।

समितिले अनुमोदन गरेको पत्र पेश गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्ति गर्ने संबैधानिक प्रावधान रहेको छ ।