बरिष्ठ पत्रकार डिल्लीप्रसाद आचार्यको निधन



काठमाडौँ । बरिष्ठ पत्रकार, लेखक एवम पूर्व प्रशासक डिल्लीप्रसाद आचार्यको निधन भएको छ ।

उनको ८६ वर्षको उमेरमा गए राति काठमाडौँमा निधन भएको हो । बरिष्ठ पत्रकार आचार्य लामो समयदेखि अल्जाइमर्स रोगबाट पीडित थिए ।


विसं १९९४ मङ्सिर आठ गते बागलुङको रामरेखामा जन्मिएका आचार्यले लामो समय पत्रकारिता गरेका थिए ।

आजै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको पत्रकार नारायण सापकोटाले जानकारी दिए । उनका श्रीमति, तीन छोरा र दुई छोरी छन् ।