कर्णाली प्रदेशमा सोमबार सार्वजनिक बिदा



सुर्खेत । कर्णाली प्रदेश सरकारले आउँदो सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

प्रदेश स्थापना तथा शहीद दिवस तथा नाग पञ्चमीको अवसरमा कर्णाली प्रदेश सरकारले आफ्नो प्रदेशभर ४ साउन सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।