कांग्रेस सांसद चन्द्र भण्डारी अस्पताल भर्ना



काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी अस्पताल भर्ना भएका छन् । आगलागीमा परेर उपचार गराइरहेका सांसद भण्डारी आज (बुधबार) कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना भएका हुन् ।

गत ३ फागुनमा आफ्नै घरमा ग्यास लिक हुँदा भएको आगलागीमा परेका उनी लामो समय भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उपचार गरेर स्वदेश फर्किएका थिए । आफू बुधबार अस्पताल भर्ना भएको उनले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन् ।


अस्पताल भर्ना हुनुअघि सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘समय न हो निर्णायक, जुन कसैको हातमा छैन । कोसिस न हो, सबैलाई जस्तै जीजिविषाको चाहना मलाई पनि छ । इमान्दारिता र राष्ट्रभक्तिको भारी बोकेर ढल्दै छ मेरो शरीर उपचार शैय्यामा केही समयमा ।’

उनको अवस्था सामान्य रहेको र नियमित उपचारका लागि अस्पताल भर्ना भएका हुन् ।