रक्षा मन्त्री मीनेन्द्र रिजालले राजीनामा दिँदै



काठमाडाैँ । रक्षामन्त्री मिनेन्द्र रिजालले रक्षामन्त्री पदबाट राजीनामा दिने भएका छन् । पार्टीको १४ औँ महाधिवेशनमा महामन्त्री पदको उम्मेदवार रहेका रिजाल मतगणनामा पराजयतर्फ अग्रसर रहेको बेला राजीनामा दिने बताएका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्- नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्ट रूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु। अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्नेछु।


महामन्त्रीका लागि जारी मतगणनामा रिजाल पाँचौं नम्बरमा छन्।