पूर्वराजा ज्ञानेन्द्रसँग ‘पाँच बुँदे सहमति’ प्रमाणित गर्न ओलीलाई प्रचण्डको चुनौति



काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्रसँग आफ्नो पाँच बुँदे सहमति भएको भन्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाईप्रति आपत्ति जनाएका छन् ।

बिहीबार बिहान विज्ञप्ति जारी गरी अध्यक्ष प्रचण्डले केपी ओलीलाई आफ्नो अभिव्यक्ति प्रमाणित गर्न चुनौति दिएका हुन् । प्रचण्डले नेपालको शेयर बजारका सन्दर्भमा आफ्नो पार्टी र आफूसमेत लाखौं लगानीकर्ताहरुको हितका पक्षमा रहेको स्पष्ट पार्दै दलाल पूँजीपतिहरुको झुटो प्रचारबाट भ्रमित नहुन पनि आग्रह गरेका छन् ।