काठमाडौँ । काराबारको पहिलो दिन आइतबार नेप्सेमा दोहोरो अंकको सुधार देखिएको छ ।
नेप्सेमा सुधार देखिएसँगै ९ उपसूचकमा हरियाली छाएको छ । आइतबार नेप्से सूचकांक १४ अंकले बढेर २०८० को विन्दुमा कायम भएको छ ।
आइतबार नेप्सेमा सूचीकृत कुल २७१ कम्पनीको ९७ लाख १८ हजार कित्ता सेयर किनबेच हुँदा ३ अर्ब १ करोड ८४ लाख ६० हजारको कारोबार भएको छ ।
बजार बढेसँगै आज ९ उपसूचकमा पनि हरियाली छाएको छ । आइतबार निर्जीवन बिमा उपसूचक सर्वाधिक २.२१ प्रतिशतले बढेको छ भने दोस्रोमा होटल तथा पर्यटन उपसूचक १.८७ प्रतिशतले बढेको छ ।
त्यस्तै आइतबार माइक्रोफाइनान्स उपसूचक सर्वाधिक ०.३५ प्रतिशतले घटेको छ । यस दिन २७१ कम्पनीको ९७ लाख १८ हजार कित्ता सेयर कारोबार भएको छ ।
५८ करोड ४५ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नेपाल इन्स्याेरेन्सको संस्थापक सेयर अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः घोराही सिमेन्ट र सोल्टी होटेल परेका छन् ।