काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले महिला औद्योगिक पार्कको अवधारणा अगाडि बढेको बताएका छन् ।
शुक्रबार दक्षिण एसियाली महिला मञ्चले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले महिला औद्योगिक पार्कको अवधारणा अगाडि बढिसकेको भन्दै कसैले रोक्न नसक्ने बताएका हुन् ।
महिला औद्योगिक पार्क अवधारणा सामान्य जस्तो लागेपनि दुरगामी महत्वको रहेको उनले बताए । उनले नेपालमा धेरै ठूलो संख्यामा युवाहरु विदेशीएको र त्यसमा महिलाको तुलनामा पुरुषको संख्या ठूलो रहेकाले महिलाले मात्रै स्थीरता दिन सक्ने धारणा राखे ।
ग्रामीण र आधुनिक अर्थतन्त्रमा महिलाको भूमिका वृद्धि भइरहेको भन्दै उहाले यसलाई राज्यले प्राथमिकताका साथ प्रवर्द्धन गर्नुपर्ने उल्लेख गरे । उनले सा–सानो स्थरमा उत्पादन भएको वस्तुलाई संकलन गरेर उपभोक्तामाझ पुराउन सरकारले सहजीकरण गर्ने जिकिर गरे ।