सेयर बजारमा सामान्य अंकले वृद्धि, कारोबार रकम दुई अर्बमाथि



काठमाडौं । नेप्से झिनो अंकले बढेको छ । अघिल्लो दिन ४१ दशमलव शुन्य छ अंकले बढेको नेप्से साताको अन्तिम कारोबार दिन आज बिहिबार पनि पाँच दशमलव १३ अंकले बढेर दुई हजार ६६ दशमलव शुन्य पाँच अंकमा पुगेको छ ।

यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव १० अंकले बढेर तीन सय ९४ दशमलव १५ अंकमा पुगेको छ । नेप्सेमा आज दुई सय ६९ वटा कम्पनीहरुको ५७ हजार सात सय ८९ पटकको कारोबारमा ५५ लाख तीन हजार २१ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम दुई अर्ब १५ करोड ६५ लाख ८३ हजार नौं सय ४५ रुपैंयाँ पुगेको छ ।


नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएकोमा पाँच वटा समुहको सुचक घटेर बाँकी समुहहरुको सुचक बढेका छन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक शुन्य दशमलव २३ प्रतिशतले घटेर १२ सय ७१ दशमलव ८१ अंकमा झरेकोमा बिकास बैंक समुहको सुचक पनि ११ दशमलव १२ अंकले घटेर तीन हजार आठ सय ६१ दशमलव ७१ अंकमा झरेको छ ।

फाईनान्स समुहको सुचक पनि सात दशमलव शुन्य पाँच अंकले घटेर १७ सय ८२ दशमलव ७० अंकमा झरेकोमा जीवन बीमा समुहको सुचक पनि नौं दशमलव ६९ अंकले घटेर ११ हजार तीन सय ३८ दशमलव ६० अंकमा झरेको छ । यसैगरी लघुवित्त समुहको सुचक पनि पाँच दशमलव ७९ अंकले घटेको छ ।

जलबिद्युत समुहको सुचक भने छ दशमलव ९६ अंकले बढेर २२ सय ३५ दशमलव ७६ अंकमा चढेकोमा निर्जीवन बीमा समुहको सुचक पनि एक सय ३५ दशमलव २१ अंकले बढेर १० हजार नौं सय २९ दशमलव ८६ अंकमा झरेको छ । यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, सामुहिक लगानी कोष, अन्य र  ट्रेडिङ समुहहरुको सुचक पनि क्रमशः एक सय ४८ दशमलव ९१, शुन्य दशमलव १२, ३३ दशमलव ४१, शुन्य दशमलव शुन्य नौं, सात दशमलव ५४ र ३१ दशमलव ८३ अंकले बढेका छन् ।

नेप्सेमा आज अभियान लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य नौं दशमलव शुन्य नौं प्रतिशतले बढेर सात सय ८० रुपैयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा हिमालयन लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य छ दशमलव ५३ प्रतिशतले बढेर छ सय १६ रुपैंयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी सोल्टी होटल लिमिटेडको भने प्रतिकित्ता चार सय ६१ रुपैंयाँ ७० पैसा अन्तिम मुल्यमा १६ करोड ९५ लाख ८२ हजार छ सय १० रुपैंयाँको सेयर किनबेच भएको छ । यो आज भएका कम्पनीहरुको कुल कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।