एमालेद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध, शुक्रबारसम्मका लागि बैठक स्थगित



काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभाको आजको बैठक पनि अवरोध गरेको छ ।

सुन तस्करी प्रकरण छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै एमाले सांसदहरूले बैठक शुरु हुनासाथ बैठक अवरुद्ध गरेका थिए ।


सभामुख देवराज घिमिरेले आसन ग्रहण गरेर नियमित कार्यसूचीअनुसार बैठक सञ्चालन गर्न सहयोग गरिदिन आग्रह गरेका थिए ।

एमाले सांसदहरूले नाराबाजी गर्दै वेल घेराउ गरेर नाराबाजी गरेका थिए ।

एमालेका सांसदहरुले नाराबाजी जारी राखेपछि सभामुख देवराज घिमिरेले साउन २६ गते शुक्रबारसम्मका लागि बैठक स्थगित गरेका छन् ।