भारतीय सर्वोच्च अदालतद्वारा राहुल गान्धीको सजायमा रोक, सांसद पद पुनर्बहाली हुने



नयाँ दिल्ली । भारतीय सर्वोच्च अदालतले कांग्रेस पार्टीका नेता राहुल गान्धीको सजायमा रोक लगाएको छ । यससँगै उनको सांसद पद पुनर्बहाली हुने भएको छ । जिल्ला अदालतको आदेश उल्ट्याउँदै सर्वोच्चले गान्धीको सजायमा रोक लगाएको हो ।

‘मोदी’ थर भएका मानिसहरुको अपमान गरेको गरेको आरोपमा गुजरात राज्यका विधायक पूर्णेश मोदीले उनीविरुद्ध मुद्दा दायर गरेका थिए । ‘सबै चारेको सरनेम किन मोदी हुन्छ ?’ भन्ने अभिव्यक्ति दिएको भन्दै परेको रिटमा गुजरातको सुरत जिल्ला अदालतले गान्धीलाई दुई वर्षको जेल सजाय सुनाएको थियो ।


जिल्ला अदालतको उक्त आदेशसँगै उनको सांसद पद खारेज भएको थियो । यसै मुद्दामा मुद्दामा जिल्ला अदालतले सुनाएको फैसला कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको हो ।

तर, शुक्रबार सर्वोच्चले कांग्रेस नेता गान्धीमाथि यथेष्ट प्रमाणबिनै २ वर्षको सजाय सुनाइएको भन्दै उनको सजायमा रोक लगाएको हो । साथै, सर्वोच्चले गान्धीलाई त्यस्ता टिप्पणी गर्नुअघि विचार पुर्‍याउनसमेत भनेको छ ।