काठमाडौं । बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा पक्राउ परेका दुईजना रिहा भएका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेका सिद्धिका खेतान र रमेशकुमार पोखरेललाई रिहा गरिएको हो ।
ललिता निवासको जग्गा आफ्नो नाममा दर्ता गर्ने खेतान र समरजंग कम्पनीका तत्कालीन प्रमुख रमेशकुमार पोखरेललाई सीआईबीले बुधबार रिहा गरेको हो ।
ललिता निवासको ७ आना ३ पैसा जग्गा आफ्नो नाममा ल्याएकी सिद्धिकाले जग्गा फिर्ता गराउने भएपछि रिहा गरिएको सीआईबीका एसएसपी दिनेश आचार्यले जानकारी दिए । समरजंग कम्पनीका तत्कालीन प्रमुख पोखरेल पनि हाजिरीमा छुटेका छन् । उनको हकमा भने अदालतले म्याद नदिएको पाइएको छ ।