संसदको गतिरोध हटाउने विषयमा प्रधानमन्त्री र ओलीबीच छलफल



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्डलाई भेट्न एमाले अध्यक्ष ओली सोमबा बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

भेटमा संवैधानिक परिषद्को बैठक बोलाएर प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्ने र संसदको गतिरोध अन्त्य गरे विषयमा छलफल भएको बताइएको छ । एमालेले सुन तस्करी अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै संसद बैठक अवरुद्ध गर्दै आएको छ । यसअघि आइतबार पनि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भएको थियो ।


प्रचण्ड र ओलीको भेटवार्तापछि कांग्रेस सभापति शेरबहादुर देउवासहित तीन बालुवाटारमा नै छलफल भएको थियो । तीन नेताबीच संवैधानिक परिषद्को बैठक मंगलबार बस्ने सहमति भएको थियो ।

हालका प्रधानन्यायाधीश हरिकृष्ण कार्की उमेर हदका कारण साउन २० गतेदेखि अवकाशमा जाँदैछन्। प्रधानन्यायाधीशको पद रिक्त हुनुभन्दा १ महिना अगाडिदेखि नै प्रक्रिया सुरु हुनुपर्ने व्यवस्था भए पनि यसबीचमा संवैधानिक परिषद्को बैठक बसेको छैन ।