कांग्रेस १४औँ महाधिवेशन : प्रधानमन्त्री देउवाद्वारा मतदान

sf7df8f}F, @& dªl;/ M k|d b]pjf– dtbfg g]kfnL sfFu|];sf] !$cf}F dxflwj]zg:yn /fli6«o ;efu[xdf ;f]daf/ dtbfg ub}{ k|wfgdGqL z]/axfb'/ b]pjf . tl:a/ M/f]zg ;fksf]6f ÷/f;;


काठमाडाैँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय पदाधिकारी र सदस्यको निर्वाचनका लागि मतदान गरेका छन् ।

सभापतिका प्रत्यासी उहाँले राष्ट्रिय सभागृहस्थित मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । केहीबेरअघि सुरु भएको मतदानमा सभापतिका अर्का प्रत्यासी प्रकाशमान सिंहले पनि मतदान गरिसकेका छन् भने अन्य प्रत्यासी डा शेखर कोइराला र विमलेन्द्र निधि पनि मतदानस्थलमै छन् । यसैगरी उपाध्यक्षका उम्मेदवारद्वय विजयकुमार गच्छदार र सुजाता कोइराला, नेताहरु डा रामशरण महत, सुनील थापा, गृहमन्त्री बालकृष्ण खाँण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीलगायतले पनि मतदान गरिसकेका छन् ।


मतदानका लागि प्रतिनिधि लामबद्ध रहेका छन् । कांग्रेसका नेता कूलबहादुर गुरुङले पहिलो मत खसालेका थिए । एकैपटक धेरैले मतदान गर्ने व्यवस्थाका लागि राष्ट्रिय सभागृह, भृकुटीमण्डप प्राङ्गण र भृकुटीमण्डपको हलमा गरी सयौँ बुथ राखिएको छ । भृकुटीमण्डपका दुई स्थानमा दुई हजार १०० र एक हजार ३०० तथा राष्ट्रिसभागृहमा एक हजार ३०० मतदाताका लागि मतदान गर्ने प्रबन्ध मिलाइएको छ । अहिलेसम्म तीनवटै मतदान केन्द्रबाट करिब २०० जनाले मतदान गरिसक्नुभएको निर्वाचन समितिले जनाएको छ । एक जना प्रतिनिधिलाई मतदान गर्न करिब आधा घण्टा समय लाग्ने जनाइएको छ ।