काठमाडौं । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया सुरु गर्न माग गरेको छ । आइतबार विज्ञप्ति जारी गरी बार एसोसिएसनले प्रधानन्यायाधीश सिफारिस र अन्य न्यायाधिश नियुक्तिको प्रक्रिया सुरु गर्न प्रधानन्यायाधीश कार्कीको ध्यानाकर्षण गराएको हो । त्यस्तै बारले पूर्ण स्वचालित प्रणालीमार्फत पेशी तोक्न प्रधानन्यायाधीशलाई आग्रह गरेको छ ।
सर्वोच्चको पूर्ण बैठक (फुल कोर्ट) ले स्वामित्व लिएर प्रतिवेदन कार्यान्वयनको प्रक्रिया थाल्नुपर्ने बारको माग छ । प्रधान्यायाधीश हरिकृष्ण कार्कीको पदावधि यही २० साउनमा सकिँदै छ । एक महिना अगाडि नै भावी प्रधानन्यायाधीशको सिफारिस भइसक्नुपर्ने भएपनि अहिलेसम्म संवैधानिक परिषद्सको समेत बैठक बस्न सकेको छैन ।