दाङमा जीप दुर्घटना : तीन जनाको मृत्यु, १६ घाइते



दाङ । दाङमा आज जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

तुलसीपुरबाट सल्यान कपुरकोट जाँदै गरेको रा१ज ४३८ नंको जीप दुर्घटना १६ जना घाइते भएका छन् । मृत्यु हुनेमा सल्यान कपुरकोट गाउँपालिका–४ का ४८ वर्षीय प्रेमप्रकाश शर्मा, सोही ठाउँका ४६ वर्षीया सौनी घर्ती र ४६ वर्षीय कर्णबहादुर खड्का छन् ।


तुलसीपुर–३ सिरखोला नजिकै जीप दुर्घटना भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । जीपको ब्रेक फेल हुँदा दुर्घटना भएको हो । जीप सडकबाट करिब २०० मिटर तल खसेको थियो । घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।