बोहोराटार पुगेर देउवाले पौडेललाई भने- सन्यास लिने कुरा नगर्नुस् राष्ट्रमा तपाईंको खाँचो छ



काठमाडाैँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सभापतिकाे उम्मेदवारी दर्ता गरेपछि शनिबार साँझ पौडेललाई भेट्न उनको निवास बोहोराटारमा पुगेका छन् । 

पौडेलको सचिवालयका अनुसार भेटमा देउवाले उनलाई सक्रिय राजनीतिबाट सन्यास नलिन आग्रह गरेका थिए । राष्ट्रका लागि पौडेलको अझै आवश्यकता रहेको देउवाले बताएका थिए ।


पौडेलले जवाफमा आफ्नो सिद्धान्त र आदर्शविपरीत अस्वस्थ प्रतिस्पर्धा हुने देखेर महाधिवेशनको प्रक्रियाबाट आफू बाहिरिएको बताएका थिए । उनले देउवालाई स्वस्थ प्रतिस्पर्धा गर्न पनि आग्रह गरेका थिए । पौडेलले १४ औं महाधिवेशनमा कुनै पदमा उम्मेदवारी दिएका छैनन् ।