काठमाडौं । नेकपा माओवादी केन्द्रको निमन्त्रणामा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को उच्चस्तरीय टोली आज काठमाडौं आउँदै छ । पोलिटव्युरो सदस्य एवं चोङ्गिङ नगरका पार्टी सचिवसमेत रहेका युयान च्याच्युन नेतृत्वको टोली आज काठमाडौं आउन लागेको हो ।
युयानको टोली सिंगापुर र श्रीलंका हुँदै नेपाल आउन लागेको हो। नेपालमा रहँदा युयानको टोलीले शीर्ष नेताहरूसँग भेटवार्ता गर्नुका साथै ऐतिहासिक स्थलहरूको भ्रमण गर्ने कार्यक्रम छ र सीपीसीको केन्द्रीय कमिटी बैठकले जुलाई १६ देखि २५ मा युयानको नेतृत्वमा तीन देशमा भ्रमणमा पठाउने निर्णय गरेको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहालको चीन चीन भ्रमणको तयारी भइरहेका बेला सीपीसी नेताहरूको नेपाल भ्रमणलाई अर्थपूर्णरूपमा हेरिएको छ। प्रधानमन्त्री दाहालको चीन भ्रमण सेप्टेम्बरमा हुने बताइएको छ । चीनले नेपालका प्रधानमन्त्रीको चीन भ्रमणका बेला बिआरआई परियोजना कार्यान्वयनको ठोस खाकाका विषयमा तयारी गरिरहेको बताइएको छ।