माओवादी कार्यबाहक अध्यक्षको जिम्मेवारी नारायणकाजी श्रेष्ठलाई



काठमाडौँ । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड इटाली गएपछि श्रेष्ठलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको हो ।

पार्टी कार्यालय प्रमुख सचिव श्रीराम ढकालका अनुसार प्रचण्डको अनुपस्थितिमा कार्याबाहक अध्यक्षको रुपमा पार्टी सञ्चालन गर्ने छन् ।


प्रधानमन्त्री समेत रहेका प्रचण्ड यही साउन १२ गते स्वदेश फर्कने छन् । प्रचण्ड संयुक्त राष्ट्रसङ्घ, खाद्य तथा कृषि सङ्गठनको ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन इटाली प्रस्थान गरेका हुन् ।