भोजपुरका सरकारी कार्यालयबाट पर्यटन मन्त्री किरातीको नाममा एकसय लिटर डिजल लगिएपछि…



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले भोजपुरका सरकारी कार्यालयबाट आफ्नो नामममा एक सय लिटर डिजेल लगेर ठगी गर्नेलाई कारबाही गर्न निर्देशन दिएका छन् । मन्त्री किरातीले भोजपुरका प्रमुख जिल्ला अधिकारीलाई आफ्नो नाममा ठगी गर्नेलाई कारबाही गर्न निर्देशन दिएका हुन् ।

उनले भनेका छन्, ‘भन्लान् यो पनि स्टन्ट ! तर मैले भन्नै पर्छ र सबैले जान्नैपर्छ यो हाम्रो प्रवृत्ति हो, यसको अन्त्य हुनैपर्छ सानो होस् या ठुलो यो भ्रष्टाचार हो । भ्रष्टाचार हाम्रो शत्रु हो । गृह जिल्ला भोजपुर बाट म असार १८ गते काठमाडौं फर्केको हुँ । असार २२ गते भोजपुरको एक सरकारी कार्यालयबाट कुनै एक समुह गएर मेरो नाममा १०० लिटर तेल बुझिलगेको प्रमाणित भयो । यो घटनाले म दुःखी भएको छु । मान्छेको पहिचान गरी तत्काल कार्वाही गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छु । चाहे जोसुकै परोस् । मेरी आमाले भन्नुहुन्थ्यो –“सियो चोर्नेले फाली चोर्छ,फाली चोर्नेले घरै फोर्छ ।’