नेपाली राष्ट्रिय महिला फुटबल टोली आज बंगलादेश जाँदै



काठमाडौँ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोली आज बंगलादेश जाँदैछ ।

असोज ६ गतेबाट सुरु हुने १९औँ एसियाली खेलकुदको तयारी स्वरुप नेपालले जुलाई १३ र १६ मा बङ्गलादेशसँग ढाकामा दुई मैत्रीपूर्ण खेल खेल्दैछ ।


बङ्गलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि एन्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा २३ सदस्यीय टोलीको घोषणा भइसकेको छ ।अखिल नेपाल फुटबल संघ (एन्फा) ले फुटबल टोलीको हिजो नै बिदाइ गरेको छ।

नेपाली टोली

गोलकिपरः एन्जिला तुम्बाप्पो सुब्बा, अन्जना राना मगर, उषा नाथ

रक्षकः अमृता जैसी, गिता राना, हीराकुमारी भुजेल, पुजा राना, विमला बिक, अञ्चली वाइबा , समिक्षा घिमिरे

मिडफिल्डरः रेनुका नगरकोटे, सरु  लिम्बु, विमला चौधरी, अनिता बस्नेत, प्रीति राई, दीपा शाही

फरवार्डः सावित्रा भण्डारी, सबिता राना मगर, रश्मिकुमारी  घिसिङ, अनिता केसी, अमिषा कार्की, रेखा पौडेल