काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकारविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदैछ ।
कोशी प्रदेशका सभामुखको हस्ताक्षरसहित बहुमत पुर्याएर गठन भएको थापा नेतृत्वको सरकार अवैधानिक रहेको भन्दै नेकपा एमालेले सर्वोच्चमा दायर गरेको रिटमा आज सुनुवाइ हुन लागेको हो ।
निष्पक्ष बस्नु पर्ने सभामुखले सरकार निर्माण गर्न र ढाल्न भूमिका खेलेको भन्दै एमालेका तर्फबाट निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले शुक्रबार वारेसमार्फत सर्वोच्चमा रिट दर्ता गराएका थिए ।
कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थनमा कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले थापालाई बिहीबार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।