कांग्रेस नेता परियारद्वारा सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा



काठमाडाैँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवन परियारले पार्टीको सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

आज आयोजित पत्रकार सम्मेलन उहाँले पार्टीको १४औँ महाधिवेशनमा (दलित कोटा)बाट आफूले सहमहामन्त्री पदमा उम्मेदवारी दिन लागेको घोषणा गरेका हुन् ।


“हाल पार्टीको विधान अनुसार दलितको पनि पदाधिकारीमा सहभागिता हुने गरी सहमहामन्त्री पद राखिएको छ, समावेशी क्लस्टर अनुसार सहमहामन्त्रीको उम्मेदवारी घोषणा गरेको हुँ”, उनले भने । उनी पार्टीको दुई कार्यकाल केन्द्रीय सदस्य बनेका थिए ।