काठमाडौं । नेकपा एमालेले आज पनि राष्ट्रिय सभाको बैठकमा अवरोध गरेको छ ।
शुक्रबारको बैठक शुरु हुनासाथ एमालेका सांसदले उठेर विरोध गरेका थिए । त्यसपछि एमाले सांसद विमला घिमिरेले बोल्दै प्रधानमन्त्रीको विवादस्पद अभिव्यक्तिले देशबासीको शीर निहुरिएको बताउदै दिल्लीले कम्फर्टेबल सरकार बनेको हो भन्दै प्रश्न गरेकी थिइन् ।
उनले प्रधानमन्त्रीको अभिव्यक्ति आत्मसमर्पणवादी भएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कुर्सीमा बस्ने नैतिक अधिकार गुमाएको बताएकी थिइन् ।
एमालेले लगातारको अवरोध पछि अध्यक्षले बैठक आइतबार सम्मका लागि स्थगित गरेका छन् ।
एमालेले असार १८ गते प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको भन्ने अभिव्यक्ति आपत्तिजनक भएको भन्दै एमालेले संसद अवरोध गरिरहेको छ ।