बाढीले मेलम्ची र फट्टेको ह्युमपाइपमा क्षति

d]nDrL gbLdf af9L l;Gw'kfNrf]s, !@ ebf} M uP/flt b]lvsf] jiff{n] d]nDrL gbLdf cfPsf] af9L . af9Ln] d]nDrL–x]nDa' ;8scGtu{t d]nDrL– !! df ;8s cj?4 ePsf] 5 . tl:a/ M b]j/fh ;'j]bL÷/f;;


सिन्धुपाल्चोक । अविरल वर्षापछि मेलम्चीमा आएको बाढीले ह्युमपाइप राखेर बनाइएको दुई पुलमा क्षति पु-याएको छ ।

गए रातिको वर्षाले मेलम्ची तथा इन्द्रावती दुवै नदीको ह्युमपाइपमा क्षति भएको फट्टेका स्थानीय दशरथ दनुवारले जानकारी दिए । “फट्टेबाट अब सवारीसाधन चल्ने अवस्था छैन”, उनले भने । 


फट्टेको पुल क्षति हुँदा मेलम्ची नगरपालिका–७ र ८, हेलम्बु गाँउपालिका–२ र ३ तथा पाँचपोखरी थाङपाल गाउँपालिका–१ र २ का बासिन्दा प्रभावित भएका छन् । 

इन्द्रावती नदीमा भने आज बेलीब्रिजको उद्घाटन हुँदैछ ।